मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

लकडाउन अवधिको कर धुलिखेलले नलिने
मेयर खबरदाता, काभ्रेपलाञ्चोक
३ असार । धुलिखेल नगरपालिकाले नगरभित्रका व्यवसायीहरुसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिकाको बैठकले पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको धुलिखेल नगरपालिकाले जनाएको छ ।
कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण चैत ११ देखि सुरु लकडाउनका कारण व्यवसायी समस्यामा परेको भन्दै राहत स्वरुप नगरपालिकाले कर नलिने निर्णय गरेको हो ।
नगरले व्यवसायीहरुलाई लकडाउन अघिसम्मको कर भने असार मसान्तसम्म तिर्न आग्रह गरेको छ । त्यस्तै धुलिखेल नगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक तथा ६० वर्षमाथिका सबै दलित परिवारका सदस्यको रु ५० हजारसम्मको एकवर्षे निर्जिवन कोरोना बीमा गर्ने समेत निर्णय गरेको छ ।