कोभिडसँग लड्न सिगात्से नगरपालिकाले दियो बनेपा नगरलाई स्वास्थ्य सामाग्री

मेयर खबरदाता, काभ्रेपलाञ्चोक
३ असार । चिनको सिगात्से नगरपालिकाले (कोभिड–१९) संक्रमण विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री बनेपा नगरपालिकालाई उपलब्ध गराएको छ ।

सिन्धुपाल्चोकको तातोपानी नाकामा मंगलबार सिगात्से नगरपालिकाका डेपुटी डिस्ट्रिक हेड साङजुजी, जिल्ला मिनिस्टर वाङ चेङ जुङ्ग, सिगात्से नगरपालिकाका विदेश विभाग अधिकृत छेरिङ्ग नकन्दाले बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती लगायतको टोलीलाई कोरोना विरुद्ध लड्न सक्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

सिगात्से नगरपालिकाले बनेपा नगरलाई ३० हजार थान मेडिकल माक्स, एन ९५ माक्स ३ सय थान, पिपिई सेट ३ सय थान, थर्ममिटर ५० थान, सेनिटाईजर, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको प्रशासकीय अधिकृत कविराज उप्रेतीले मेयर खबरलाई जानकारी दिनुभयो । बनेपा नगरपालिका र सिगात्से नगरपालिका बीच भगिनी सम्वन्ध कायम छ ।

१४ वटै वडा मार्फत नगरबासीलाई कोरोनाबाट बच्ने उपायका बारेमा बनेपा नगरपालिकाले सचेतना जगाउँदै आवश्यक स्वास्थ्य सामाग्री वितरण गरिरहेको छ । नगरले ६५ बेडको क्वारेन्टाईन र शिर मेमोरियल अस्पताल बनेपामा आईसोलेनस वार्ड पनि निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *