मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

सकारात्मक सोच बढाउन गल्याङमा मनोसामाजिक तालिम
मेयर खबरदाता, स्याङ्जा
४ असार । सकारात्मक सोच बढाउन गल्याङ नगरपालिकाको आयोजनामा बुधबारबाट गल्याङमा सात दिने आधारभूत मनोसामाजिक एवम् प्राथमिक मनोवैज्ञानिक सहयोग तालिम सुरु भएको छ ।
सुरक्षित आप्रवासन परियोजना सामीको प्राविधिक सहयोगमा सुरु भएको तालिम सामाजिक दुरी कायम गरी सञ्चालन गरिएको हो ।
तालिमको उद्घाटन गर्दै गल्याङ नगरपालिकाका मेयर भुपराज अधिकारीले धेरै व्यक्तिहरुमा नकारात्मक सोच र चिन्तन बढ्दै गएको अवस्थामा यस्ता खालका तालिमको खाँचो बढेको बताउनुभयो ।
उहाँले आगामी आर्थिक वर्षको नगरपालिकाको बजेटमा सकारात्मक सोचका र मनोसामाजिक तालिमका लागि बजेट विनियोजन गरी तालिमलाई निरन्तरता दिने समेत उल्लेख गर्नुभयो ।
तालिममा गल्याङ नगरपालिकाका विभिन्न विषयगत शाखाका कर्मचारी, शिक्षक, साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधि गरि २३ जनाको सहभागिता रहेको छ ।