भीरकोटको प्रकोप व्यवस्थापन कोषमा ३१ लाख भन्दा बढि रकम जम्मा भयो

मेयर खबरदाता, स्याङ्जा

४ असार । भीरकोट नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गर्नेहरु बढ्दै गएका छन् । सर्वसाधारण, विभिन्न संघ संस्थाले कोषमा रकम जम्मा गर्न अग्रसरता देखाएपछि कोषमा रकम वृद्धि भएको हो ।

कोरोनाबाट बच्न गरिएको लकडाउनबाट प्रभावितहरुलाई राहत होस् भनेर नगरपालिकाको कोषमा भीरकोट पोखरा सामिप्य सदनका आजिवन सदस्य पोखरा घर भई हाल यूकेमा कार्यरत राजन कुमार अधिकारी लगायतद्धारा संकलित २ लाखसँगै सामिप्य सदन र भीरकोट बचत कोषले २५ हजार रुपैयाँ जम्मा गरेको छ ।

बिहिबार सो रकम सदनका महासचिव टोल प्रसाद अर्याल, सल्लाहकार लिला प्रसाद पंगेनी र कोषका कोषाध्यक्ष शेरजंग अधिकारीले मेयर छायाराम खनाललाई प्रदान गर्नुभएको थियो ।

रकम वुझ्दै मेयर खनालले कोरोनाबाट प्रभावित भीरकोटबासीको समस्यालाई नगरपालिका एक्लैले सामाधान गर्न नसक्ने हुदाँ अन्य संघ सस्था र मनकारी व्यक्तिहरुले सहयोग गर्नुपर्ने बताउनुभयो । नगरले अब राहत वितरण रोजगारी संग जोड्ने खनालले मेयर खबरलाई जानकारी दिनुभयो ।

हालसम्म भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा खाद्यान्न र नगद गरी ३१ लाख ६६ हजार ३ सय २५ रुपैयाँ जम्मा भएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *