शिवराज नगरपालिकामा आइसोलेशन अस्पताल धमाधम निर्माण हुँदै

मेयर खबरदाता, कपिलवस्तु
४ असार । कोरोना संक्रमितको उपचारका लागि शिवराज नगरपालिकाको चन्द्रौटामा आइसोलेशन अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण हुँदै गरेको कोरोना अस्पतालको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढदै गएपछि  शिवराज नगरपालिकाले आइसोलेशन अस्पताल निर्माण गरेको हो ।

६० शैयाको अस्पताल २ चरणमा निर्माण गर्ने नगरको निर्णय अनुसार पहिलो चरणमा ६५ लाखको लागतमा ३० शैयाको भवन निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

अस्पालत छिटो निर्माण गरी कोरोना संक्रमितलाई स्थानीय ठाउँमा नै उपचार गर्न नगरपालिकाले आइसोलेशन अस्पताल निर्माण गरेको मेयर नेत्रराज अधिकारीले मेयर खबरलाई जानकारी दिनुभयो ।

अस्पताल निर्माणमा नगरपालिका, नगरबासी राजनैतिक दलको सहयोग र साथ रहेकोले छिटो निर्माण हुने उपभोक्ता समितिका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *