भीमदत्तको नीति, कार्यक्रम तथा बजेट पारित

मेयर खबरदाता, कञ्चनपुर

५ असार । भीमदत्त नगरपालिकाको सातौं नगर सभाले आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ ।

बिहिबार नगरपालिकाले नगर सभामा आगामी आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड ७५ लाखको बजेट सहित नीति कार्यक्रम पेश गरेको थियो ।

नगरले कोरोना महामारीलाई मध्यनजर गरि स्वास्थ्य, शिक्षा, रोजगार, उत्पादनलाई प्राथमिकता दिएर नीति, कार्यक्रम र बजेट ल्याएको मेयर सुरेन्द्र विष्टले मेयर खबरलाई जानकारी दिनुभयो ।

बजेटमा एक सहकारी एक उत्पादन, गरिब पहिचान, योग, खेलकुद कार्यक्रम, एक वडा एक उत्पादन, करेसाबारी निर्माण लगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन् ।

नगरले विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेर बजेट तथा नीति कार्यक्रम ल्याएको भीमदत्त नगरपालिकाले जनाएको छ । स्थानीय तहहरुले असार १० गतेसम्म बजेट प्रस्तुत गर्नैपर्ने प्रावधान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *