मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

खाँदबारी नगरको कोरोना कोषमा शिक्षकले गरे १० लाख ९१ हजार सहयोग
मेयर खबरदाता, संखुवासभा
५ असार । खाँदबारी नगरपालिकाको कोरोना राहत कोषमा शिक्षक महासंघ खाँदबारी कार्यसमितिले रकम सहयोग गरेको छ । कार्यसमितिले नगरको राहत कोषमा १० लाख ९१ हजार ७ सय ४२ रुपैयाँ सहयोग गरेको नगरपालिकाले जनाएको छ ।
महासंघ खाँदबारी कार्यसमितिले प्रावि तथा निमावि तहका शिक्षकहरुबाट ३ दिनको तलब र मावि तहको शिक्षकहरुको ५ दिनको तलब कोषमा जम्मा गरेको हो ।
सो रकम महासंघका अध्यक्ष तारा बहादुर बुढाथोकीले चेकमार्फत खाँदबारी नगरपालिकामा मेयर मुरारी प्रसाद खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो ।
शिक्षकहरुले जम्मा गरेको रकम नगरले कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने मेयर खतिवडाले मेयर खबरलाई जानकारी दिनुभयो ।
नगरपालिकाको राहत कोषका शुक्रवारसम्म ५६ लाख १८ हजार ९ सय ८० रुपैयाँसँगै खाद्य सामाग्री समेत जम्मा भएको छ ।