पनौती नगरपालिकालाई संघले दियो स्वास्थ्य सामाग्री

मेयर खबरदाता, काभ्रेपलाञ्चोक

५ असार । कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेको पनौती नगरपालिकालाई नेपाल नगरपालिका संघले विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

संघले नगरपालिकालाई कोरोना भाइरस संक्रमणलाई नियन्त्रणका लागि आवश्यक मनिने ५०० थान मेडिकल माक्स, पिपिई सेट, माईक्रो थर्ममिटर, सेनिटाईजर, ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

ति सामाग्री पनौती नगरपालिकाका मेयर भिम न्यौपानेलाई संघका अध्यक्ष अशोक कुमार ब्यान्जुले प्रदान गर्नुभएको थियो ।  पनौती नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि  शुरुका दिनदेखीनै उच्च सर्तकता अपनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *