मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

पोखरा महानगरले बनायो महिलाका लागि छुट्टै क्वारेन्टाइन
मेयर खबरदाता, कास्की
५ असार । महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने आवाज सदनदेखी सडकसम्म उठीरहेको बेला पोखरा महानगरपालिकाले महिलामैत्री क्वारेन्टाइन निर्माण गरेको छ ।
महानगरले वडा नम्बर ३ मा रहेको बुद्ध अस्पताललाई महिलाहरु मात्र बस्न मिल्ने गरी उनीहरुको सहजता र सुरक्षालाई ध्यान राख्दै सुरक्षित क्वारेन्टाइन बनाएको उपमेयर मञ्जु देवी गुरुङले मेयर खबरलाई जानकारी दिनुभयो ।
महानगरले महिलाका लागि छुट्टै क्वारेन्टाईन बनाउने निर्णय जेठको पहिलो साता नै गरेको थियो । ५० जना राख्न सक्ने क्षमता रहेको क्वारेन्टाइनमा अहिले २० वटा बेड राखिएको छ ।
महिलामैत्री क्वारेन्टाइनमा हाल ७ जना महिला बसिरहेको पोखरा महानगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत महिला छन् ।
क्वारेन्टाइन असुरक्षित हुँदा केही दिन अघि कैलालीको एक क्वारेन्टाइनमा बसेकी महिलामाथि सामूहिक बलात्कार भएको थियो ।