मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

संक्रमित बढेसँगै आइसोलेसन कक्ष निर्माणमा जुट्यो धनगढी उपमहानगर
मेयर खबरदाता, कैलाली
५ असार । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित बढ्दै गएपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर धनगढी उपमहानगरपालिका आइसोलेसन कक्ष निर्माण गर्ने काममा जुटेको छ । संक्रमितको उपचारका लागि उपमहानगरले २८ शैयाको आइसोलेसन कक्ष निर्माणको काम अन्तिम चरणमा पुर्याएको हो ।
वडा नम्वर १५ को जडीबुटी प्रशोधन केन्द्रका लागि निर्मित भवनमा आइसोलेसन कक्ष निर्माण भएपछि संक्रमितहरुलाई राखेर उपचार गर्न सहज हुने मेयर नृप बहादुर वडले मेयर खबरलाई जानकारी दिनुभयो ।
आइसोलेसन कक्षमा आवश्यक उपकरण जडान गर्ने काम धमाधम भईरहेको छ । धनगढी क्षेत्रमा कोरोना संक्रमित २५ जना फेला परेका छन् भने हाल ९ सय जना क्वारेन्टाइनमा बसिरहेका छन् ।
धनगढी उपमहानगरपालिकाले आइसोलेसन कक्ष आउँदो सोमबारबाट संचालनमा ल्याउने गरि काम अघि बढाएको छ । आइसोलेसन कक्षको क्षमता बढाएर सय बेड पुर्याउने उपमहानगरपालिकाले जनाएको छ ।