सैनामैनाको आइसोलेसनमा रहेका १७ जना कोरोना जितेर घर फर्के

मेयर खबरदाता, रुपन्देही
५ असार । सैनामैना नगरपालिकाको आइसोलेसन अस्पतालबाट १७ जना बिहिबार कोरोना जितेर घर फर्किएका छन् । आईसोलेसनमा उपचाररत कोरोना संक्रमितहरुको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई घर फर्काइएको नगरपालिकाले जनाएको छ ।

आइसोलेसनमा १७ दिन राखेर अबको एक हप्ता घरमा सामाजिक दूरी कायम गरि बस्ने सर्तमा उनीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखाले डिस्चार्ज गरेको हो । घर फर्कनेहरु सबै भारतबाट आएका थिए ।

सैनामैना नगरपालिकामा शुक्रबारसम्म ३४ जनामा कोरोनाको संक्रमण देखिएको छ । नगरले स्थापना गरेको क्वारेन्टाइनमा हाल ७३ जना रहेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले मेयर खबरलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *