जोखिम बढेपछि गल्कोट नगरपालिकामा उच्च सतर्कता, अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय बन्द

मेयर खबरदाता, बागलुङ
असार ७ । कोरोना संक्रमणको जोखिम बढेसँगै गल्कोट नगरपालिकाले आईतबारबाट एक हप्ताका लागि नगरभित्रका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण व्यवसाय र सवारी साधन बन्द गर्ने निर्णय गरेको छ ।

गल्कोटमा आईतबारमात्रै ४ जना संक्रमित थपिएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै विरामी, औषधि पसल, बिउ बिजन तथा दाना उद्योगबाहेकका सबै व्यापार व्यवसाय र सवारी साधन एक हप्तासम्म बन्द गर्ने निर्णय गरेको मेयर भरत शर्माले मेयर खबरलाई जानकारी दिनुभयो ।

हालसम्म गल्कोटमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । अत्यावश्यकबाहेक अन्य पसल नखोल्न र नगरपालिकालाई सुरक्षित बनाउने अभियानमा सहयोग गर्न गल्कोटले सम्पूर्णमा अनुरोध गरेको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *