मनकारी उपमेयर : जसले गरिन् २ महिनाको घर भाडा छुट

मेयर खबरदाता, स्याङ्जा

७ असार । भीरकोट नगरपालिकाकी उपमेयर सिमा केसी कर्माचार्यले आफ्नो घरमा फेन्सी तथा कपडा व्यवसाय गर्दै आएका एक व्यवसायीलाई २ महिनाको भाडा छुट दिएकी छिन् । ०६४ साल देखी घरको एक फ्ल्याट लिएर व्यवसाय गर्दै आएका  व्यवसायीलाई उपमेयर कर्माचार्यले वैशाख र जेष्ठ महिनाको घर भाडा छुट गरेकी हुन् ।

लकडाउनको कारण व्यवसायी मर्कामा परेपछि आफुले २ महिनाको ३० हजार भाडा छुट गरिदिएको उपमेयर सिमा  केसी कर्माचार्यले मेयर खबरलाई जानकारी दिनुभयो । भीरकोट नागरपालिका वडा न. १ मा रहेको घरको तल्लो तला महिनाको १५ हजार तिर्ने गरि उपमेयर कर्माचार्यले भाडामा दिएकी थिईन् ।

कोरोना संक्रमणबाट वच्न सरकारले लकडाउन गरेसँगै सबै प्रकारका व्यवसाय धरापमा परेको भन्दै उपमेयर कर्माचार्यले यस परिस्थीतिबाट माथि उक्लन गाह्रो हुने हुँदा आ आफ्नो ठाँऊ बाट जे सकिन्छ त्यही सहयोग गर्नु पर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।
सरकारले शहरमा कोठा भाडामा लिएर बस्नेहरुका लागि एक महिनाको घर भाडा छुट गर्न घरधनीलाई अनुरोध गरेपनि भीरकोटमा एका दुई बाहेकले त्यो अनुरोध पालना गरेका छैनन् ।

भीरकोट नगरपालिकाकी उपमेयर सिमा केसी कर्माचार्यले जस्तै सबै घर भाडामा लगाउने घरधनीहरुले यस्तै मनकारी भावना राख्ने हो भने भाडामा बस्नेहरुलाई पक्कै राहत हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *