राप्ती अपडेट : महिला र बालबालिकाका लागि छुट्टै क्वारेन्टाइन

मेयर खबरदाता, चितवन

८ असार । राप्ती नगरपालिकाले महिला र बालबालिकाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गरेको छ । नगरले वडा नम्बर ६ को भण्डारा माविमा महिलामैत्री क्वारेन्टाइनको व्यवस्था गरेको हो ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाईएका देशभरका क्वारेन्टाइन महिला बालबालिकाकामैत्री नभएको भन्दै गुनासो बढिरहदा नगरपालिकाले हालका लागि ३० शैयाको क्वारेन्टाइनको व्यवस्था गरेको राप्ती नगरपालिकाले जनाएको छ ।
नगरको क्वारेन्टाइनबाट सोमबारसम्म १२१ जना क्वारेन्टानको बसाई पुरा गरेर घर फर्किएका छन् भने ५३ जना क्वारेन्टाइनमा बसिरहेको राप्ती नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनको सुरक्षाका लागि नगरपालिकाले महिला प्रहरीको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *