४ जनामा कोरोना पुष्टि भएपछि कनकाई नगरको बजार क्षेत्र बन्द

मेयर खबरदाता, झापा
८ असार । नगरभित्र ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कनकाई नगरपालिकाले समुदायमा समेत संक्रमण फैलिएको हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै बजार ५ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण समितिको बैठकले सोमबार दिउँसो १२ बजेदेखि असार १३ गते शनिबार रातको १२ बजेसम्मलाई स्वास्थ्य बाहेक सबै क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको कनकाई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेलले मेयर खबरलाई जानकारी दिनुभयो ।

नगरले सूचना जारी गर्दै पछिल्लो चरणमा देखापरेका कोरोना पोजेटिभ व्यक्तीको सम्पर्क समुदायस्तरमा समेत पाईएको भन्दै कन्ट्याक ट्रेसिङ गर्नु पर्ने भएकाले वडा नम्बर १ देखी ७ सम्मका बजार, पसलहरु, शैक्षिक संस्था, नगर क्षेत्रका कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पूर्ण रुपमा बन्द गरेको हो ।

नगरपालिकाले स्वास्थ्यका अत्यावश्यक सेवा र निर्माण क्षेत्रका सवारीलाई भने संचालन गर्न दिने भएको छ । नगरले गरेको आग्रहलाई पालना नगरे त्यस्ता व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिने कनकाई नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाले जारी गरेको सूचना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *