नगरपालिका संघले देशभरका मेयर र उपमेयरको कोरोना बीमा गरिदिने

मेयर खबरदाता, काठमाडौं

८ असार । नेपाल नगरपालिका संघले कोरोना विरुद्धको लडाइमा अग्रपङ्तिमा रहेका देशभरका महानगर, उपमहानगर र नगरपालिकाका मेयर र उपमेयरहरुको कोरोना बीमा गरिदिने भएको छ ।

मेयर उपमेयरहरु कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा लामो समयदेखी निरन्तर क्रियाशिल रहदै आएकाले उनीहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै संघले  कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य उपचार खर्च बापत रु एक लाख बराबरको कोरोना बीमा गर्न लागेको कार्यकारी निर्देशक कलानिधि देवकोटाले मेयर खबरलाई जानकारी दिनुभयो ।

दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएको र मानवीय क्षती समेत भईरहेकोले बीमा गर्दा मेयर, उपमेयरहरुलाई कोभिड १९ को जोखिम सुरक्षण गर्न सहयोग पुग्ने संघले अपेक्षा गरेको छ ।

नगरपालिका संंघले सम्पूर्ण प्रदेश संयोजकहरुलाई बीमाका बारेमा समन्वय गरिदिन समेत अनुरोध गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *