मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

मध्यपुर थिमि अपडेट : नगरपालिका अस्पतालको पीसीआर ल्याबले कोरोना परिक्षण गर्न पायो अनुमति
मेयर खबरदाता, भक्तपुर
८ असार । मध्यपुर थिमि नगरपालिकाले भक्तपुरको चारदोबाटोमा सञ्चालन गरेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको पीसीआर ल्याबले कोरोना परिक्षण गर्ने अनुमति पाएको छ ।
अस्पतालको पीसीआर ल्याब सञ्चालनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबार अनुमति दिएसँगै कोरोना परिक्षण गर्ने बाटो खुलेको हो ।
प्रयोगशालाको अनुगमन टोलीले अस्पतालको ल्याबमा पीसीआर परिक्षणसँग सम्वन्धी पूर्वाधार अनुगमन गरेपछि प्राप्त प्रतिवेदन अनुसार अस्पतालले कोरोना परिक्षण गर्ने अनुमति पाएको मेयर मदन सुन्दर श्रेष्ठले मेयर खबरलाई जानकारी दिनुभयो ।
नगरपालिकाले ल्याब सञ्चालनका लागि मोटो रकम खर्च गर्दै कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरसहितको आइसियु, आइसोलेसन वार्ड समेत निर्माण गरेको छ ।