मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

वालिङको राहत कोषमा भूपू सैनिक संघले ५१ हजार जम्मा गर्यो
मेयर खबरदाता, स्याङ्जा
९ असार । भूपू सैनिक विकास एवं कल्याणकारी संघ जिल्ला कार्य समिति स्याङ्जाले वालिङ नगरपालिकाको राहत कोषमा ५१ हजार रकम जम्मा गरेको छ । संघका जिल्ला कार्यसमितिका पदाधिकारीले वालिङका मेयर दिलिप प्रताप खाँणलाई मंगलबार उक्त रकम हस्तान्तरण गरेका थिए ।
संघले दिएको रकम लकडाउनका कारण दैनिक गुजारा चलाउन गाह्रो भएका परिवार तथा क्वारेन्टाइनमा बसेका वालिङका नागरिकलाई भोजन ब्यवस्थापनसँगै आवश्यक सहयोगी स्वास्थ्य तथा आवासका सामग्रीहरुको खरिदमा प्रयोग गरिने मेयर दिलिप प्रताप खाँणले मेयर खबरलाई जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा व्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।