बागमतीको बजेट २ अर्ब ४० करोड, यस्ता छन् प्राथमिकता 

मेयर खबरदाता, सर्लाही
११ असार ।  बागमती नगरपालिकाले बुधबार नगर सभामा आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आगामी वर्षका लागि नगरपालिकाले सभामा २ अर्ब ४० करोड ५० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

मेयर भरत कुमार थापाको अध्यक्षतामा भएको नगरसभामा नीति कार्यक्रम र बजेट उपमेयर लिला कुमारी मोक्तानले प्रस्तुत गर्नुभएको थियो ।  कोरोना महामारीकाबीच नगरपालिकाले ल्याएको नीति कार्यक्रम र बजेटले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी, पूर्वाधार विकास लगायतलाई मुख्य प्राथमिकतामा राखेको छ ।

यस्ता छन् नीति कार्यक्रम र बजेटका प्राथमिकता

— आ.व.२०७७ /०७८ मा सम्पुर्ण खेतीयोग्य जमिनमा मालपोत कर मिनाहा (घर र घडेरिमा प्रयोग हुने बाहेक)
— सबै प्रकारका सिफारिसमा दस्तुर वापत लिइने दस्तुर रकम रु. ५०० बाट रु ५० मात्र लिइने
— महत्वाकांक्षी प्रोजेक्ट मेची महाकाली रोड साइड स्टेशन सुरुवात गरिने
— १५ शैयाको अस्पताल यही आ.व. मा संचालन हुने
— प्रदेश स्तरीय प्राविधिक तालिम केन्द्रको स्थापना गरिने
— कृषिमा यान्त्रिकरण गरिने , ५०० ट्रक स्टोर क्षमताको गोदाम घर निर्माण गरिने
— खेती योग्य जमिनमा प्लटिङ गर्न रोक
— अर्गानिक खेतिमा जोड , एक परिवार एक कठ्ठा अर्गानिक तरकारी खेती गराइने
— नगरबासीद्दारा उत्पादित अर्गानिक तरकारी नगरपालिकाले खरिद गर्ने
— ल्याण्ड पोलिङ गरिने

One Reply to “बागमतीको बजेट २ अर्ब ४० करोड, यस्ता छन् प्राथमिकता ”

  1. Nice but there are need to greatly utilities of us ward then have to rising to necessary as all village then more but their can’t see probably doing well as by varat thapa need but can’t explore of all areas then all are considering his depends own business first…n support who are working under with him as criticized for here

Leave a Reply

Your email address will not be published. Required fields are marked *