नमोबुद्ध अपडेट : विपद् कोषमा शिक्षकले जम्मा गरे ८ लाख ७० हजार

मेयर खबरदाता, काभ्रेपलाञ्चोक
१५ असार । नमोबुद्ध नगरपालिकाको विपद् व्यवस्थापन कोषमा शिक्षक महासंघ नमोबुद्ध कार्यसमितिले रकम सहयोग गरेको छ । नगरपालिकाले स्थापना गरेको कोषमा नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले ८ लाख ७० हजार २ सय १६ रुपैयाँ जम्मा गरेका हुन् ।

सो रकमको चेक सोमबार महासंघले मेयर टि.पी. शर्मा तिमल्सिनालाई हस्तान्तरण गरेको थियो । मेयर शर्माले कोषमा आर्थिक सहयोग गरेर उदाहरणीय कार्य गरेकोमा खुशी व्यक्त गर्दै सम्पूर्ण शिक्षकहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

शिक्षक संघ संगठनको समन्वयमा नगरभित्रका मावि तहका शिक्षकको ५ दिनको र प्राथमिक तहका शिक्षकको ३ दिनको पारिश्रमिक संकलन गरि कोषमा जम्मा गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन नमोबुद्ध नगर समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *