कमलामाईका १० कृषकले पाए अनुदानमा हाते ट्रयाक्टर

मेयर खबरदाता, सिन्धुली

१६ असार। कमलामाई नगरपालिकाले राष्ट्रिय धान दिवसको अवसर पारेर कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको छ । परम्परागत कृषि पेशालाई व्यवसायीक र आधुनिकीकरणतर्फ विकास गराउन नगरपालिकाले ५० प्रतिशत अनुदानमा १० जना कृषकलाई हाते ट्रयाक्टर वितरण गरेको हो ।

उक्त ट्रयाक्टर नगरपालिकाका मेयर खड्ग बहादुर खत्रीले किसालनाई हस्तान्तरण गर्नुभएको थियो । खेती गर्न सहज होस् भनेर नगरपालिकाले अनुदानमा किसानलाई हाते ट्रयाक्टर प्रदान गरेको मेयर खत्रीले मेयर खबरलाई जानकारी दिनुभयो ।

कृषकलाई अनुदानमा दिईएको ट्रयाक्टर नगरले टेण्डर प्रक्रिया मार्फत खरिद गरेको थियो । एउटा ट्याक्टरको मूल्य ५८ हजार रुपैयाँ परेको कमलामाई नगरपालिकाले जनाएको छ ।

ट्रयाक्टर वितरण कार्यक्रममा मेयर खत्रीसँगै उपमेयर तथा कृषि समितिका संयोजक मञ्जु देवकोटा, प्रमुख प्रशाशकीय अधिकृत पुरुषोत्तम सुवेदी, वडा सदस्य केशर नेपाली, नगरपालिकाका अन्य कर्मचारी र कृषकहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *