सलहले गर्न सक्ने क्षति न्यूनीकरणका लागि तिलोत्तमामा र्‍यापिड रेस्पोन्स टिम 

मेयर खबरदाता, रुपन्देही

१६ असार । रुपन्देही जिल्लामा पनि सलह किरा देखीएपछि सो किराले कृषिबालीमा पुर्याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि तिलोत्तमा नगरपालिकाले द्रुत प्रतिकार्य समूह (र्‍यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।

नगर स्तरीय कृषि व्यवसाय समितिको बैठकले वडाध्यक्ष सोहनप्रसाद थारुको संयोजकत्वमा कृषिविज्ञ, कृषि प्राविधिक, कृषक, सुरक्षाकर्मी लगायतको प्रतिनिधित्व रहनेगरि टिम गठन गरेको हो ।

खेतबारीमा सलह आए आवाज निस्कने सामाग्रीहरु थाल, टिन, ड्रमलगायत बजाउन, जालीले छोपेर बाली जोगाउन र धुवाँ आदिको प्रयोग गरी सलहलाई बस्न नदिन पनि नगरपालिकाले कृषकहरुलाई आग्रह गरेको छ ।

बैठकले सलह किराको संभावित प्रकोप व्यवस्थापन पूर्वतयारीको लागि पावर स्प्रे मेसिन, फगिङ मेसिन खरिद गर्ने समेत निर्णय  गरेको तिलोत्तमा नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *