पनौतीको बजेट १ अर्ब ३२ करोड, कस्ता छन् प्राथमिकता ?

मेयर खबरदाता, काभ्रेपलाञ्चोक

१६ असार । पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि सातौं नगर सभामा १ अर्ब ३२ करोड २८ लाख ७७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  नगरपालिकाले आगामी वर्ष विदेशबाट फर्किएका युवालाई कृषि, पशुपालन तथा लघुउद्यम क्षेत्रमा काम गर्न दुई लाख अनुदान दिने लगायतका नीति सहित नगर सभामा बजेट प्रस्तुत गरेको हो ।

नगरपालिकाले आगामी वर्षको बजेटमा कोभिड १९ रोकथामसँगै, नगर अस्पताल, सम्पदा क्षेत्रको संरक्षण, कर दस्तुर छुट, भूमि बैक, प्रत्येक विद्यालयमा ईन्टरनेटको व्यवस्था गर्ने, आ.व. २०७७/७८ मा सबै वडालाई बालमैत्री वडा घोषणा गरी नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्ने, संस्थागत सुत्केरीलाई प्रोत्साहित गर्दै शुन्य होम डेलिभरी युक्त नगर र नगरपालिकालाई पुर्ण खोपयुक्त नगर बनाईने, कृषि बाली र पशु विमा कार्यक्रमलाई प्रोत्साहन गर्ने लगायतका विषयलाई  प्राथमिकतामा राखेको छ ।

सभामा प्रस्तुत भएको आर्थिक विधयेक,विनियोजन विधयेक, आगामी वर्षको बजेट लगायत १४ वटा विभिन्न सार्वजनिक महत्व तथा विशेष प्रस्ताव सर्बसम्मतिले पारित गरिएको पनौती नगरपालिकाका मेयर भिम न्यौपानेले मेयर खबरलाई जानकारी दिनुभयो ।

नगर सभामा उपमेयर गिता बञ्जाराले बजेट र मेयर भिम न्यौपानेले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *