मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

परशुराम नगरपालिकाको विपद् कोषमा रकम सहयोग गर्नेहरु बढ्दै
मेयर खबरदाता, डडेलधुरा
१६ असार । परशुराम नगरपालिकाको विपद् व्यवस्थापन कोषमा नेपाली कांग्रेस नगर कार्य समितिले रकम जम्मा गरेको छ । नगरपालिकालाई कार्य समितिले ५१ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
कार्य समितिको आन्तरिक कोष तथा क्रियाशिल सदस्यबाट संकलन गरिएको रकम परशुराम नगरपालिकाका मेयर भिम बहादुर साउँद र उपमेयर कलावती देवी बोहरालाई समितिका कार्यवाहक सभापति शेर बहादुर धामीले हस्तान्तरण गर्नुभएको थियो ।
कोषमा जम्मा भएको रकम परशुराम नगरपालिकाले कोरोना संक्रमण नियन्त्रण तथा प्रभावितहरुका लागि खर्च गर्ने मेयर भिम बहादुर साउँदले मेयर खबरलाई जानकारी दिनुभयो ।
दुई दिन अघि परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु र नगरका ईन्जिनियर महेशसिंह धामीले पनि आफ्नो तलब काटेर नगरको प्रकोप व्यवस्थापन कोषमा रकम सहयोग गर्नुभएको थियो । पनेरु र धामीले जनही १० हजारका दरले सहयोग गरेको रकम मेयर भीम बहादुर साउँदलाई हस्तान्तरण गरेका हुन ।
कोरोनाको संक्रमणबाट नगरबासीलाई सुरक्षित राख्न शुरुका दिनदेखि नै युद्ध स्तरमा परशुराम नगरपालिकाले काम गरिरहेको छ ।