मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

कोभिडसँग लड्न संघले दियो चन्द्रागिरीलाई स्वास्थ्य सामाग्री
मेयर खबरदाता, काठमाडौं
१६ असार । चन्द्रागिरी नगरपालिकालाई नेपाल नगरपालिका संघले विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले मंगलबार मेयर घनश्याम गिरीलाई पिपीई ५ सेट, सर्जिकल माक्स २०० थान, थर्मल गन २ वटा, ह्यान्ड सेनिटाईजर ४ थान र पन्जा १०० थान हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य सामाग्रीले नगरबासीलाई सुरक्षित राख्न सकिने भन्दै मेयर गिरीले संघलाई धन्यवाद समेत दिनुभयो । संघले यसअघि पनि विभिन्न नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको कार्यकारी निर्देशक कलानिधि देवकोटाले मेयर खबरलाई जानकारी दिनुभयो ।