कोभिडसँग लड्न संघले दियो चन्द्रागिरीलाई स्वास्थ्य सामाग्री

मेयर खबरदाता, काठमाडौं
१६ असार । चन्द्रागिरी नगरपालिकालाई  नेपाल नगरपालिका संघले विभिन्न स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले मंगलबार मेयर घनश्याम गिरीलाई पिपीई ५ सेट, सर्जिकल माक्स २०० थान, थर्मल गन २ वटा, ह्यान्ड सेनिटाईजर ४ थान र पन्जा १०० थान हस्तान्तरण गर्नुभएको हो ।

स्वास्थ्य सामाग्रीले नगरबासीलाई सुरक्षित राख्न सकिने भन्दै मेयर गिरीले संघलाई धन्यवाद समेत दिनुभयो । संघले यसअघि पनि विभिन्न नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको कार्यकारी निर्देशक कलानिधि देवकोटाले मेयर खबरलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *