मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

पालुङटार अपडेट : ११ जनामा कोरोना पुष्टि भएपछि २ वडा सील, एकजनाको उपचारकै क्रममा मृत्यु
मेयर खबरदाता, गोरखा
२१ असार । पालुङटार नगरपालिकाको २ वटा वडालाई सील गरिएको छ । नगरपालिकाको वडा नम्बर ७ मा रहेको जीवन ज्योति मावि क्वारेन्टाइनमा बसेका ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरले ७ र ८ वडा शनिबारबाट एक हप्ताका लागि सील गर्ने निर्णय गरेको हो ।
वडाभित्र हुन सक्ने थप संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न ती दुई वडामा उच्च सर्तकता अपनाईएको र अत्यावश्यक काम बाहेक आवत जावतमा पूर्ण रुपमा रोक लगाईएको पालुङटार नगरपालिकाकी उपमेयर पम्फा बसेलले मेयर खबरलाई जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा बसेकाहरुलाई संक्रमण पुष्टि हुनासाथ उपचारका लागि गोरखा अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो । संक्रमित ११ जना मध्ये पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षका एक पुरुषको उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले जनाएको छ ।