वालिङ काठमाडौं सम्पर्क समितिले जम्मा गर्यो नगरको राहत कोषमा एकलाख

मेयर खबरदाता, स्याङ्जा
२१ असार । वालिङ नगरपालिकाले स्थापना गरेको कोभिड १९ राहत कोषमा वालिङ काठमाडौं सम्पर्क समितिले एक लाख एक हजार एकसय ११ नगद प्रदान गरेको छ ।

वालिङ नगरपालिकामा घर भई काठमाडौंमा बसोबास गर्दै आउनुभएका वालिङबासीले सम्पर्क समिति मार्फत रकम संकलन गरि नगरपालिकाको राहत कोषमा उपलब्ध गराईएको समितिका कोषाध्यक्ष कृष्णप्रसाद पंगेनीले बताउनुभयो ।

समितिले रकम उपलब्ध गराएर ठूलो सहयोग गरेको भन्दै वालिङ नगरपालिकाले प्राप्त रकमको सही सदुपयोग गर्नेे जनाएको छ । नगरले स्थापना गरेको राहत कोषमा हालसम्म नगद तथा जिन्सी गरी झण्डै ६१ लाख संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *