कोरोना नियन्त्रणका विषयमा नगरपालिका संघ सुदूरपश्चिम प्रदेशले गर्यो मुख्य मन्त्री भट्टसँग छलफल

 

मेयर खबरदाता, सुदूरपश्चिम प्रदेश

२१ असार । प्रदेशमा कोरोना संक्रमित थपिरहदा नेपाल नगरपालिका संघ सुदूरपश्चिम प्रदेश समितिले कोरोना नियन्त्रण तथा थप व्यवस्थापनका विषयमा  मुख्य मन्त्री त्रिलोचन भट्टसँग छलफल गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण र यस विचमा भएका अनुुभव तथा असल अभ्याससँगै नगरपालिकाहरुले सामाना गर्नु परेका पछिल्ला चुनौतीका विषयमा संघका सुदूरपश्चिम संयोजक एवं पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्द लगायतले मुख्यमन्त्री भट्टसँग छलफल गर्नुभएको हो ।

छलफलका क्रममा संयोजक चन्दले क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, पिसिआर टेष्ट लगाएतका विषयमा नगरपालिकाहरुले गरिरहेका प्रयत्नका बारेमा मुख्य मन्त्री भट्टलाई जानकारी गराउँदै समुदायमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रण र व्यवस्थापनमा गर्नुपर्ने कामका विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेश समितिसँगको छलफलमा मुख्य मन्त्री भट्टले प्रदेशले स्थानीय सरकारलाई यस अघि राहत र आइसोलेसन तथा क्वारेन्टाइन व्यवस्थापनका लागि अनुदान पठाएको र आगामी दिनमा पनि जोखिमका आधारमा थप अनुदानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको संघका प्रदेश व्यवस्थापक झंकर बहादुर कुँवरले मेयर खबरलाई जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *