मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

संघले गरिदियो मेयर र उपमेयरको कोरोना बीमा, उपचार खर्च एक लाख पाईने
मेयर खबरदाता, काठमाडौं
२३ असार । नेपाल नगरपालिका संघले देशभरका महानगर, उपमहानगर र नगरपालिकाका मेयर र उपमेयरहरुको कोरोना बीमा गरिदिएको छ । कोरोना विरुद्धको युद्धमा निरन्तर खटिरहेका २९३ वटै नगरका मेयर, उपमेयरहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै संघले सगरमाथा इन्स्योरेन्स मार्फत बीमा गरिदिएको हो ।
मेयर, उपमेयरमा कोरोना पोजेटिभ देखिएमा स्वास्थ्य उपचार खर्च बापत एक लाख रुपैयाँ पाउँने गरि संघले बीमा गरिदिएको र बीमाको अवधी २०७७ चैत महिना सम्म कायम रहने संघकी कानून अधिकृत सरिता सापकोटाले मेयर खबरलाई जानकारी दिनुभयो ।
नेपाल नगरपालिका संघ देशभरका ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका र २७६ वटा नगरपालिकाको छाता संघ हो ।