पीसीआर विधिबाट कोरोना परीक्षण गर्न कीर्तिपुरमा प्रयोगशाला (भिडियो सहित)

मेयर खबरदाता, काठमाडौं

२३ असार। कोरोना भाइरस संक्रमण भए नभएको पीसीआर विधिबाट परीक्षण गर्न कीर्तिपुर नगरपालिकाले प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा त्रिभुवन विश्वविद्यालय स्थित लायन्स रक्त संचार केन्द्रको भवनमा मंगलबारबाट त्रिवि बायोटेक कोरोना प्रयोगशाला संचालनमा ल्याईएको हो ।

प्रगोगशालाको उद्घाटन कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गर्नुभएको थियो ।
काठमाडौं उपत्यका सहित देशभर पछिल्लो समय कोरोना संक्रमित बढ्दै गएकाले परीक्षणको दायरा बढाउन नगरपालिकाले स्थापना गरेको प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने उपमेयर एवंं प्रवक्ता सरस्वती खड्काले मेयर खबरलाई जानकारी दिनुभयो ।

पीसीआर परीक्षण द्रुत गतिमा अघि बढाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिन अघि कीर्तिपुर सहित देशका विभिन्न स्थानमा १० वटा प्रयोगशाला संचालन गर्ने निर्णय गरेको थियो ।

नेपालमा मंगलबारसम्म १६ हजार १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *