मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

व्यास नगरले गर्यो दुई महिनाको भाडा छुट
मेयर खबरदाता,तनहुँ
२४ असार । व्यास नगरपालिकाको भवनमा सटर भाडामा लिएर व्यवसाय संचालन गर्ने व्यवसायीहरुले दुई महिनाको भाडा छुट पाएका छन् । लकडाउनले व्यसायीहरुलाई परेको समस्या मध्यनजर गर्दै नगरले भाडा छुट दिने निर्णय गरेको हो ।
कोरोन संक्रमणबाट बच्न गरिएको लकडाउनका कारण आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायीहरु मर्कामा परेको र व्यवसायीले पनि भाडा छुट दिन नगरपालिकालाई अनुरोध गरेकाले नगरले चैत र वैशाख महिनाको भाडा छुट दिने निर्णय गरेको हो ।
नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक रु १३ लाखका दरले दुई महिनाको रु २६ लाख भाडा छुट पाउने प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले मेयर खबरलाई जानकारी दिनुभयो । नगरपालिकाले भाडा छुट दिने निर्णय गरेपछि सटरमा व्यवसाय संचालन गर्दै आएका व्यापारीहरु निकै खुसि भएका छन् ।
व्यास नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ । नगरक्षेत्रभित्र घर भाडामा लगाउने घरधनीलाई पनि नगरपालिकाले भाडा छुट दिन आग्रह गरेको छ ।
व्यास नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्ति