निजगढमा कछाडीया थारु संग्राहलय निर्माण सुरु, मेयर खनालले गरे शिलान्याश

मेयर खबरदाता, बारा
२५ असार । निजगढमा प्रदेश २ कै पहिलो कछाडीया थारु सांंस्कृतिक संग्राहलय निर्माण हुने भएको छ । लोप हुँदै गईरहेको कछाडीया थारु जातिको इतिहास झल्कने गरि निजगढ नगरपालिका वडा नम्बर ४ को ऐतिहासिक स्थल पुरानो निजगढस्थित कछाडीया बस्तीमा संग्राहलय निर्माण गर्न सुरु गरिएको हो ।

निर्माण हुन लागेको संग्राहलयको बिहिबार बैदिक विधिअनुसार निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले शिलान्याश गर्नुभएको थियो । निजगढलाई पर्यटकीय क्षेत्र बनाउने आफ्नो परिकल्पनामा संंग्राहलय निर्माणले सहयोग पुग्ने  खनालले मेयर खबरलाई जानकारी दिनुभयो ।

मेयर खनालको अवधारणा अनुसार संघीय सरकारको सहयोगमा संग्राहलय निर्माण गर्न लागिएको हो । संग्राहलय निर्माणका लागि नगरपालिकाको तर्फबाट थप सहयोग रहने खनालले बताउनुभयो ।

निजगढ नगरपालिका क्षेत्रमा करिव ७ हजार भन्दा बढी कछाडिया थारुहरुको जनसंंख्या रहेको छ । कछाडिया थारुहरु निजगढका पुराना वासीन्दा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *