चौतारा साँगाचोकगढीको नगर सभा सम्पन्न

मेयर खबरदाता, सिन्धुपाल्चोक

२६ असार । चौतारा साँगाचोकगढी नगरपालिकाको आठौं नगर सभा शुक्रबार सम्पन्न भएको छ । नगर सभाले आगामी आर्थिक वर्ष २०७७/०७८ को लागि १ अर्ब ५ करोड २३ लाख ८९ हजारको रुपैयाँको बजेट पारित गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाले आगामी वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको छ । स्वास्थ्यमा नगर सभाले २ करोड ६० लाख विनियोजन गरेको मेयर अमान सिंह तामाङले मेयर खबरलाई जानकारी दिनुभयो ।

नगर सभाले प्रत्येक वडाको लागि ७५ लाखसँगै कृषि, नगर गौरवको योेजना, शिक्षा, लक्षित वर्ग, पशु विकास, रोजगार, युवा तथा खेलकुद, खानेपानी, पर्यटन, लघु उद्यम, सडक, सहकारी, न्यायिक समितिकालागि पनि बजेट विनियोजन गरेको छ । नगर सभामा बजेट उपमेयर जानुका पराजुलीले प्रस्तु गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *