मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

बर्दघाटका किसानलाई भूमि कर मिनाहा : मेयर भन्छन्– साउनमा कार्यविधि, भदौसम्म कृषक परिचयपत्र
मेयर खबरदाता, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
बर्दघाट नगरपालिकाले आगामी आर्थिक बर्षदेखि किसानलाई भूमी कर मिनाहा गर्ने भएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमै भूमी करलाई समावेश गरी साउनदेखि नै कार्यान्वयनमा जाने तयरी नगरपालिकाले गरिरहेको छ ।
बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले भन्नुभयो, ‘किसान भन्ने बित्तिकै हेपिनुपर्ने ? त्यसैले किसानको सम्मान गर्दै उहाँहरुले गर्व गर्न लायकका योजना लिएर आएका हौं ।’ सम्भवतः नेपालमै पहिलोपटक स्थानीय सरकारले यसरी किसानको भूमी कर मिनाहा गरेको छ ।
करिब ९७ करोडको आगामी आर्थिक बर्षको बजेटमा कृषिलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । कृषिलाई यात्रिकरणमा लैजाने, बिउमा ५० प्रतिशत अनुदान दिने लगायतका योजनाका लागि पाँच करोडको बजेट विनियोजन गरिएको मेयर बस्यालले जानकारी दिनुभयो ।
तर, अनुदान आसेपासे र चिनजानकाले पाउँछन् नि त ? भन्ने मेयर खबरको प्रश्नमा मेयर बस्यालले भन्नुभयो, ‘हामी कार्यविधि साउनमा बनाउँछौं र भदौभित्रै किसान परिचयपत्र वितरण गर्छाैं, त्यसैले साच्चैका किसानहरुले मात्र सुविधा पाउनुहुन्छ, चिनेका भरमा हुँदैन, हामी घरघर पुग्छौं ।’
किसानलाई दिईने अनुदान र सुविधाका कारण उत्पादन वृद्धि हुने भएकाले ति उत्पादन खरिद गरिदिने उद्देश्यले नगरपालिकाले आगामी आर्थिक बर्ष विभिन्न ४ ठाउँमा व्यापारिक केन्द्र स्थापना गर्न लागिएको मेयर बस्यालले जानकारी दिनुभयो ।
यसरी कर मिनाहा गर्दा आन्तरिक स्रोतमा असर पर्दैन त ? भन्ने मेयर खबरको प्रश्नमा मेयर बस्यालले भन्नुभयो, ‘असर भन्दा पनि झन् नगरको स्रोत बढ्नेछ, उत्पादन वृद्धि हुनेछ, यसको प्रभाव तुरुन्तै देख्नुहुनेछ ।’
मेयर बस्यालको पूर्ण अन्तर्वार्ता न्यूज २४ टेलिभिजनमा असार ३० गते मंगलबार विहान ८ः३० र बेलुकी १० बजे प्रशारण हुने डेभलपमेण्ट फोमका समाचार संयोजक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
किसान लाई हो कि जमिनदार लाई हो स्पस्ट हुन सकेन किन कि यहाँ त जमिन हुने ले कृषि गर्दैनन र कृषि गर्ने शीत जमिन छैन ।