बाढी पहिरोबाट क्षति व्यहोरेको बाह्रविसे र भोटेकोशीलाई चौताराले पाँचलाख सहयोग गर्ने

मेयर खबरदाता, सिन्धुपाल्चोक

२९ असार । केही दिन अघि अविरल वर्षासँगै आएको बाढी र  पहिरोले बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति भएको छ । बाढी पहिरोबाट मानवीय र भौतीक क्षति व्यहोरेको बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई चौतारा साँगाचोकगढी नगरपालिकाले रकम सहयोग गर्ने भएको छ ।

चौतारा साँगाचोकगढीले बाह्रविसेलाई तीन लाख र भोटेकोशीलाई दुई लाख रकम सहयोग गर्ने घोषणा गरेको हो । यस्तो दुःखको क्षणमा छिमेकी नगरपालिकाले पनि सहयोग गर्नुपर्छ भनेर बाढी पहिरो पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले  रकम प्रदान गर्न लागिएको मेयर अमान सिंह तामाङले मेयर खबरलाई जानकारी दिनुभयो ।

उक्त रकम चौतारा साँगाचोकगढी नगरपालिकाले बुधबार बाह्रविसे नगरपालिका र भोटेकोशी गाउँपालिकालाई हस्तान्तरण गर्ने मेयर तामाङले बताउनुभयो । बाढीका कारण ३ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् । त्यस्तै ५ जना घाइते र ५० घरमा क्षति भएको छ । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *