तुलसीपुरमा मास्क नलगाए एक सय जरिवाना

मेयर खबरदाता, दाङ
३० असार । तपाई घर बाहिर निस्कदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् तपाईसँग मास्क त छ नि ? मास्क नलगाएर नै बाहिर कतै जाँदै हुनुहुन्छ भने तपाई प्रहरीको फन्दामा पर्नुहुनेछ । अर्थात तुलसीपुरमा मास्क नलगाएर हिड्नेलाई जरिवाना गरिने भएको छ ।

नागरिकलाई मास्क लगाउने बानी पार्नका लागि तुलसीपुर उपमहानगरपालिकाले साउन १ गतेदेखि यो नियम कडाइका साथ लागु गर्ने भएको छ । तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

मास्क नलगाउनेलाई १ सय रुपैयाँ जरिवाना गरेर मास्क दिइने मेयर घनश्याम पाण्डेले मेयर खबरलाई जानकारी दिनुभयो । लकडाउन खुकुलो पारेसँगै बजारमा भिडभाड बढेको र मास्क नलगाउँदा संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरेर उपमहानगरले यस्तो निर्णय गरेको हो ।

उपमहानगरपालिकाले जरिवानाबाट उठेको रकम  कोरोना विपद् कोषमा जम्मा गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *