मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

बेसले दियो तुलसीपुरलाई विभिन्न स्वास्थ्य सामाग्री
मेयर खबरदाता, दाङ
५ साउन । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) नामक गैरसरकारी संस्थाले तुलसीपुर उपमहानगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बेसले कोरोना संंक्रमणबाट बच्न आवश्यक पर्ने स्यानीटाइजर, पिपीइ, साबुन, भिटिएमसँगै क्वारेन्टाइनमा बसेकाहरुलाई चाहिने टावेल, सेनेटरी प्याड लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
उक्त सामाग्री बेसका कार्यक्रम संयोजक चुर्णवहादुर चौधरीले तुलसीपुर उपमहानगरपालिकाकी कार्यवाहक मेयर माया शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । बेसले यसअघि घोराही उपमाहानगरपालिकालाई पनि विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेका थियो ।