मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

स्वदेश फर्काइएका नागरिकलाई पीसीआर परीक्षणपछि मात्र जिल्लामा पठाउन सोलुका पालिकाको माग
मेयर खबरदाता, सोलुखुम्बु
७ साउन । जिल्लामा विदेशबाट आएका नागरिकहरुमा पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएसँगै सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र अन्य सात वटा गाउँपालिकाले उद्धार गरेर स्वदेश ल्याईएका आफ्ना जिल्लाबासीलाई पीसीआर परीक्षणपछि मात्र सम्बन्धित पालिकामा पठाउन माग गरेका छन् ।
नगरपालिका र गाउँपालिकाहरुले संयुक्त अपिल जारी गर्दै भौगोलिक कठिनाइका कारण स्वाब संकललन गरी प्रयोगशालासम्म पुर्याउन समस्या भएकोले काठमाण्डौमा बनाइएका होल्डिङ सेन्टरमै पीसीआर परीक्षण गरेर मात्र सोलुखुम्बु जिल्लावासीलाई सम्बन्धित पालिकामा पठाउन माग गरेका हुन् ।
प्रविधि र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण गाउँमा निर्माण गरिएका क्वारेनटाइनमा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर परीक्षण केन्द्रसम्म पु्र्याउन निकै चुनौतिपूर्ण र कठिन हुने भन्दै पालिकाहरुले यस्तो माग अघि सारेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले मेयर खबरलाई जानकारी दिनुभयो ।।
विदेशबाट ल्याईएकाहरुलाई होल्डिङ सेन्टरमै केन्द्र र प्रदेश सरकारले कोरोना परीक्षण र उपचारको व्यवस्था
मिलाए संक्रमण नियन्त्रण र रोकथाम थप प्रभावकारी हुने पालिकाहरुले अपेक्षा गरेका छन् ।
नगरपालिका र गाउँपालिकाहरुले जारी गरेको संयुक्त अपिल यस्तो छ