तुलसीपुरमा शिक्षाको तीन वर्ष, १६ विद्यालयमा पुस्तकालय र ३८ नयाँ कोठा

मेयर खबरदाता, दाङ

७ साउन । तुलसीपुर उपमहानगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । जनप्रतिनिधि आएको तीन वर्षका विचमा उपमहानगर भित्रका विद्यालयहरुमा विभिन्न भौतिक संरचना निर्माण भएको शिक्षा महाशाखाले जनाएको छ ।

तीन वर्षका बिचमा १६ विद्यालयमा पुस्तकालय निर्माण गरिएको छ । महाशाखाका शाखा अधिकृत चक्र भण्डारीका अनुसार विद्यालयको माग र आवश्यकता बमोजिम विभिन्न सहयोग गरिएको हो ।

शिक्षा महाशाखाका अनुसार तिन वर्षका विचमा ८ वटा विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । विज्ञान शिक्षालाई व्यवहारिक ढँगबाट सञ्चालन गर्नका लागि आवश्यकताको आधारमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ ।

प्रविधि विषय अध्यापन गराउने विभिन्न ८ वटा विद्यालयमा पनि सूचना प्रविधि ल्याव स्थापना गरिएको महाशाखा प्रमुख भाष्कर गौतमले जानकारी दिनुभयो । विद्यालयलाई सूचना प्रविधिसँग जोड्नका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यार्थी संख्या उल्लेख्य भएका तर कोठा नभएका विद्यालयहरुलाई कोठा समेत निर्माण गरिएको पनि महाशाखाले जनाएको छ । उपमहानगरपालिकाका तर्फबाट थप २८ वटा कोठा निर्माण गरिएको र ८ वटा विद्यालयमा शौचालय समेत निर्माण भएको छ ।

विद्यालयमा विद्यार्थी संख्या वढेसँगै कहाँ राख्ने भन्ने चिन्ता भएको बेला उपमहानगरपालिकाले भवन वनाइदिएपछि पठन पाठनमा थप सहज भएको छ । विद्यार्थीहरुलाई सृजनात्मक क्षमताको विकास गर्न र पुस्तक अध्ययनप्रति अभिरुचि जगाउँनका लागि उपमहानगरले यस्तो कार्यक्रम अगाडी सारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *