बेलकाको बजेट ७३ करोड ६० लाख (भिडियो सहित)

मेयर खबरदाता, उदयपुर

७ साउन । सन्तुलित विकास,सम्मानित जीवन,समावेशी पुर्वाधार,प्रविधी तथा वातावरणीय सन्तुलन सहित समाजवाद उन्मुख बेलका नगर भन्ने मुल नाराका साथ बेलका नगरपालिकाको छैठौं नगर सभाले आर्थिक वर्ष २०७७/७८ को बजेट नीति तथा कार्यक्रम परित गरेको छ ।

नगर सभाले चालु आर्थिक वर्ष ०७७/७८ का लागि ७३ करोड ६० लाख रुपैयाँको अनुमानित बजेट पारित गरेको हो । चालु वर्षमा नगरपालिकाले भु -उपयोगिता तथा भुमी व्यवस्थापन, कृषिको आधुनिकीकरण तथा व्यवसायिकरण, स्वास्थ्य,
सरसफाइ पोषण तथा खाद्य सुरक्षा लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले मेयर खबरलाई जानकारी दिनुभयो ।

नगरपालिकाले बजेट नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा गत वर्ष शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने
शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नगद सहित सम्मान गरेको थियो ।

कोरोना नियन्त्रणमा अग्रपङतीमा खटिने स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई पनि  नगर सभामा सम्मान गरिएको प्रशासकीय अधिकृत जोशीले बताउनुभयो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोसः

Leave a Reply

Your email address will not be published. Required fields are marked *