इतिहासका दुई फूल

कहिले नओइलाउने
इतिहासका दुई फूल
अहिले पनी हाम्रा आस्थामा फूलीरहेका छन।

उनीहरुले स्वतन्त्रताको सपना देखे
समाजवादको विचार रोपे
त्यही सपना र विचार फक्रीएर
अहिले हामी स्वतन्त्र भएका छौं।

कहिले नओइलाउने
इतिहासका दुई फूल
हो, उनीहरुकै आदर्श काँधमा बोकेर
उनीहरुको मार्गमा पाइला टेकेर
हामी निरन्तर हिंडिरहेका छौं
समाजवादको गोरेटोमा…
हामी निरन्तर अभ्यासरत छौं
स्वतन्त्रताको लडाइँमा ।

सम्याउनुपर्छ– अझै यात्राका अवरोधहरु
उखेल्नुपर्छ– मौलाएको बेथिति
मिलाउनुपर्छ– नमिलेका सुरहरु
त्याग्नुपर्छ– स्वार्थका गजुरहरु
किनकि, हाम्रो आस्थामा मगमगाइरहेका छन्
इतिहासका दुई फूल ।

(कवि टि.पी.शर्मा तिमल्सिना नमोबुद्ध नगरपालिकाका मेयर हुनुहुन्छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *