गौशालाले सुविधा सम्पन्न कार्यालय भवन बनाउने

मेयर खबरदाता, महोत्तरी

१० साउन । गौशाला नगरपालिकाले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्न सुरु गरेको छ । हनुमान कन्ट्रक्शन ललितपुरले ४ करोड ९४ लाखको लागतमा वडा नम्बर ४ स्थीत विर्तामा उक्त भवन बनाउन लागेको हो ।

अत्याधुनिक पूर्वाधार सहितको भवन ३ तलाका हुने मेयर शिवनाथ महतोले मेयर खबरलाई जानकारी दिनुभयो ।
५५ कोठे भवन २०७८ पुस मसान्त सम्म निर्माण भईसक्ने गौशाला नगरपालिकाले जनाएको छ ।

भवन निर्माण सम्पन्न भएपछि नगरपालिकाले प्रदान गरिरहेको सेवा अझ चुस्त र प्रभावकारी हुने मेयर महतोले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *