उत्कृष्ट नगर लोगो बनाउनेलाई बूढानीलकण्ठले २५ हजार पुरस्कार दिने

मेयर खबरदाता, काठमाडौं
११ साउन । बूढानीलकण्ठ नगरपालिकाले आफ्नै नगर लोगो बनाउने भएको छ । नगर कार्यपालिकाकोे ५४ औं बैठकले नगरको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक, भौगोलिक लगायतका विशेषता झल्कने किसिमको लोगो बनाउने निर्णय गरेको थियो ।

नगरपालिकालाई चिनाउन र पहिचान स्थापित गर्न नगर लोगो बनाउन लागिएको मेयर उद्धव प्रसाद खरेलले मेयर खबरलाई जानकारी दिनुभयो ।

लोगो निर्माण गर्ने व्यक्तीले साउन २५ गतेभित्र आफुले निर्माण गरेको लोगोे सहित नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न बूढानीलकण्ठ नगरपालिकाले सार्वजनिक सूचना मार्फत  अनुरोध गरेको छ ।

उत्कृष्ट लोगो निर्माणकर्तालाई बूढानीलकण्ठ नगरपालिकाले २५ हजार नगद पुरस्कार समेत प्रदान गर्ने मेयर खरेलले बताउनुभयो ।

नगरपालिकाले जारी गरेको सार्वजनिक सूचना यस्तो छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *