मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

जनकपुरधाम अपडेट : एक साताको लागि निषेधाज्ञा जारी
मेयर खबरदाता धनुषा
१९ श्रावण । जनकपुरधाम उपमहानगरपालिकामा सोमबार राति १२ बजेदेखि लागू हुनेगरि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
उपमहानगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमीतको बढ्दो संख्याले जोखिम निम्त्याउन सक्ने भएपछि थप संक्रमणलाई न्यूनिकरण गर्न निषेधाज्ञा जारी गरिएको हो ।
उपमहानगरपालिकाले एक अपिल जारी गर्दै अत्यावश्यक सेवाहरुबाहेक अरु सेवा २६ गतेसम्मका लागि बन्द गरिएको जानकारी गराएको छ ।