मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

खाद्य सामाग्री सहित मेयर अधिकारी पहिरो प्रभावित क्षेत्रमा
मेयर खबरदाता, स्याङ्जा
२० श्रावण । गल्याङ नगरपालिकाले पहिरो पीडित र विस्थापित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । वडा नम्बर १० अधमारामा पहिरोबाट प्रभावित बनेका परिवारलाई भेटन मेयर भुपराज अधिकारी मंगलबार विभिन्न खाद्य सामाग्री लिएर जानुभएको थियो ।
पहिरो पीडित सात घर परिवारलाई प्रति परिवार तीन तीन बोराका दरले चामलसँगै दाल तथा तेल वितरण गरिएको गल्याङ नगरपालिकाले जनाएको छ । राहत सामाग्री वितरण गर्दै मेयर अधिकारीले विस्थापित परिवारको घर निर्माण गर्न पनि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यसअघि गाउँसौरामा पहिरोकै कारण निधन भएकी यामकुमारी सारुको परिवारलाई गल्याङ नगरपालिकाले एक लाख रुपैयाँ सहित खाद्यान्न सहयोग गरेको थियो ।