क्वारेन्टाइन र आईसोलेसन भवन बनाउँदै माहाकाली नगरपालिका

मेयर खबरदाता कञ्चनपुर
२५ श्रावण । महाकाली नगरपालिकाले दोधारा चाँदनीमा आइसोलेसन र क्वारेन्टाइन भवन बनाउने भएको छ । नगरपालिकाको कार्यपालिका बैठकले २० शैयाको आइसोलेसन र ५० शैयाको क्वारेन्टाइन भवन बनाउने निर्णय गरेको हो ।

भवन निर्माणकालागी नगरपालिकाले आवस्यक बजेटको समेत व्यवस्था गरिसकेको मेयर वीरबहादुर सुनारले मेयर खबरलाई जानकारी दिनुभयो ।

शैक्षिक संस्थाहरुमा बनाईएका क्वारेन्टाइनलाई स्थानान्तरण गरि चाँडै नै शैक्षिक संस्थाहरु संचालन गर्ने तरखरमा रहेको नगरपालिकाले क्वारेन्टाइन र आइसोलेसनका लागी छुट्टै भवन बनाउन लागेको हो । विगतमा ३३ वटा विद्यालयमा क्वारेन्टाइन संचालनमा आएको महाकालीमा हाल भानु क्याम्पसमा मात्र क्वारेन्टाइन रहेको छ ।

नयाँ भवन तयार नभएसम्म कोरोना सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिलाई भानु क्याम्पसमै राखिने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *