सैनामैनाका १ सय ८८ जनाले पाए लालपुर्जा

मेयर खबरदाता,सैनामैना
२५ श्रावण । सैनामैना नगरपालिकाले आईतबार १ सय ८८ जनालाई जग्गा धनी प्रमाण पत्र ( लालपुर्जा ) वितरण गरेको छ । घर बनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकाहरुलाई नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण गरेको हो । नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा आइतबार १ सय ८८ जनालाई लालपुर्जा वितरण गरेको हो ।

नगरपालिकाले गाउँ ब्लकमा रहेका जग्गाहरुको लालपुर्जा वितरण गर्ने कार्यलाई निरन्तरता दिएको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले मेयर खबरलाई जानकारी दिनुभयो । नगरपालिकाले गत वर्ष पनि करिब ५ सय जनालाई जग्गाहरुको जग्गाधनी प्रमाण पत्र वितरण गरिएको थियो ।

नगरपालिकाले अव्यवस्थित जग्गाको नापँ ,चाँज र श्रेस्ता तयार गरी लालपुर्जा वितरण गर्ने कामलाई पहिलो प्राथमिकता राखेरको छ । कोभिड १९ को संक्रमणकाबीच पनि नगरपालिकाले नापी विभाग सँग समन्वय गरी पुर्जा वितरण कार्यलाई निरन्तरता दिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताउनुभयो ।

जिल्ला नापी कार्यलयले लालपुर्जा वितरण कार्यमा कोही व्यक्तिले आफ्नो पुर्जा छुटेको वा नपाएको खण्डमा ६० दिन भित्र नापी कार्यलय रुपन्देहीको मद्यौवलियामा सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *