मेयर खबरदाता, हेटौंडा २२ भदौ । रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हेटौंडाको गौरीटार आईसोलेसनमा रहेका ६२ जना संक्रमितकालागि फलफूल तथा रोग प्रतिरोधातमक खाद्य सामाग्रीहरु…

कोरोना संक्रमित मेयर सरावगी निको भए, पछिल्लो जाँच नेगेटिभ
मेयर खबरदाता, पर्सा
भदौ ७, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् मेयर सरावगीले २५ दिनपछि कोरोनामुक्त भएको बताएका हुन् । कोरोना संक्रमण पुष्टि भएपछि साउन १४ गते मेयर सरावगी काठमाडौंको एक अस्पतालमा १२ दिनदेखि आईसियूमा थिए ।
उपचारपछि निको भएका मेयर सरावगीले परिवारका अन्य सदस्यहरुको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी गराएका छन् । मेयर सरावगीका बुबा भने काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचाररत छन् ।