नगरपालिकाको काम अब ‘शहरको आवाजमा’

मेयर खबरदाता, काठमाडौं
१५ भदौ । देशभरका नगरपालिकाले गरेका उदाहरणीय कामको बारेमा जानकारी दिने उद्देश्यका साथ नेपाल नगरपालिका संघले ‘शहरको आवाज’ नामक कार्यक्रम यूट्युब च्यानल मार्फत संचालन गर्ने भएको छ ।

नगरपालिका र जनप्रतिनिधिको सक्रियतामा भएका नौला तथा परिवर्तन मुलक कामहरुले यस च्यानलमा स्थान पाउने छन् ।

काम गर्नेलाई प्रोत्साहन तथा अरुलाई सिकाई होस भनेर यस कार्यक्रम ल्याउन लागिएको नेपाल नगरपालिका संघका सूचना संयोजक प्रमोद न्याछ्योंले बताउनु भयो ।

‘शहरको आवाज’ नामक कार्यक्रम संघको आफ्नै यूट्युब च्यानल MuAN Nepal बाट प्रशारण हुने छ । बुधबारदेखि शुभारम्भ हुन गइरहेको यस कार्यक्रममा हरेक दोस्रोदिन नयाँ श्रृङ्खला समाबेश हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *